को बन्ला गृहमन्त्री?, यस्तो छ प्रधानमन्त्रीको धारणा - Chaitanya News
  • 2026-05-11
  • 07:42:43
  • सोमबार,बैशाख २८, २०८३
  • को बन्ला गृहमन्त्री?, यस्तो छ प्रधानमन्त्रीको धारणा

    को बन्ला गृहमन्त्री?, यस्तो छ प्रधानमन्त्रीको धारणा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन्। आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए। यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन्।

    सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए।

    बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए। गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ।’