भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ - Chaitanya News
  • 2026-05-01
  • 08:02:02
  • शुक्रबार,बैशाख १८, २०८३
  • भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ

    भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ

    काठमाडौं –  भूमिगत संगठनको नाममा चन्दा उठाउने कपिलवस्तुमा ४ जना पक्राउ परेका छन् ।

    भूमिगत संगठन नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

    त्यस्तै उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा माग गरेकाे प्रहरीले जनाएकाे छ ।

    चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएकाे सूचना आएपछि प्रहरीले उनीहरुकाे खाेजी सुरु गरेकाे थियाे ।