राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने, उपराष्ट्रपतिको कहिले ? - Chaitanya News
  • 2026-05-11
  • 07:42:26
  • सोमबार,बैशाख २८, २०८३
  • राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने, उपराष्ट्रपतिको कहिले ?

    राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने, उपराष्ट्रपतिको कहिले  ?

    काठमाडौँ –  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।

    आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

    आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।