आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने - Chaitanya News
  • 2026-05-01
  • 06:34:24
  • शुक्रबार,बैशाख १८, २०८३
  • आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

    आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

    काठमाडौं- सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ। जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्।

    वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ।