विदेशिने रहर छैन सरकार, देशमै सपना देखेको कति मुल्य चुकाउनुपर्नेहो? भन्दै संसद् भवनअगाडि प्रदर्शन - Chaitanya News
  • 2026-05-11
  • 07:42:42
  • सोमबार,बैशाख २८, २०८३
  • विदेशिने रहर छैन सरकार, देशमै सपना देखेको कति मुल्य चुकाउनुपर्नेहो? भन्दै संसद् भवनअगाडि प्रदर्शन

    विदेशिने रहर छैन सरकार, देशमै सपना देखेको कति मुल्य चुकाउनुपर्नेहो? भन्दै संसद् भवनअगाडि प्रदर्शन

    काठमाडौं  – संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको लागि न्याय माग्दै युवाले प्रदर्शन गरेका छन्। युवाले माइतीघरमा आर्टमार्फत प्रदर्शन गरेका हुन्। यो अवस्था आउनुमा देशको राजनीति र प्रवृत्ति जिम्मेवार रहेको युवाले बताएका छन्।

    इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले गत मंगलवार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गत बुधवार बिहान निधन भएको हो।

    आचार्यले उठाएका मागहरुप्रति उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।