सन्दीप लामिछानेलाई थुनामै राख्ने माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाँदै - Chaitanya News
  • 2026-10-28
  • 10:54:18
  • बुधबार,कार्तिक १२, २०८३
  • सन्दीप लामिछानेलाई थुनामै राख्ने माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाँदै

    सन्दीप लामिछानेलाई थुनामै राख्ने माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाँदै

    काठमाडौँ — सन्दीप लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

    उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए।

    उनका अनुसार गत बिहीबार नै महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो।

    ुढिलोमा भोलि (सोमबार) सम्म सर्वोच्चमा हाम्रो निवेदन दर्ता भइसक्छ, उनले भने। केन्यामा भएको क्रिकेट म्याच खेल्न जानुअघि नाबालिगलाई तिलगंगास्थित एक होटलमा लगेर बलात्कार गरेको लामिछानेमाथि अभियोग छ। उक्त अभियोग लागेपछि लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाइएको थियो।