काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले आज अपराह्न ३ बजे बस्नेगरी बैठक आह्वान गरिएको रास्वपाका एक सदस्यले जानकारी दिए।
नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसालापछि पार्टी सभापतिबाट राजीनामा दिएका रवि लामिछानेले आइतबार पुन: नागरिकता कायम गराएसँगै बैठक बस्न लागेको हो।
लामिछानेलाई आइतबार नै फेरि पार्टी सभापति घोषणा गर्ने तयारी गरिएको बताइएको छ। बैठकमा आगामी रणनीतिका बारेमा पनि छलफल हुने छ।