आइरन चक्की खरिदमा अख्तियारको चासो - Chaitanya News
  • 2026-05-01
  • 06:34:19
  • शुक्रबार,बैशाख १८, २०८३
  • आइरन चक्की खरिदमा अख्तियारको चासो

    आइरन चक्की खरिदमा अख्तियारको चासो

    काठमाडौँ-  स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा खाने आइरन चक्कीको खरिद गर्दा राज्यलाई ठुलो रकम नोक्सानी हुने भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

    मन्त्रालयले आइरन चक्की खरिद गर्दा बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी पर्ने भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले बजारमा ४० देखि ५० पैसामा पाइने आइरन चक्कीलाई नोबाजेनिटिका भन्ने कम्पनीसँग ९० पैसा मूल्य आसपासमा खरिद गर्न लागेको स्रोतको दाबी छ। यसरी उच्च मूल्यमा आइरन चक्की खरिद गरे राज्यलाई ११ करोड बढी आर्थिक भार पर्न जान्छ।

    संघीय सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ दिएको छ। विभागले आइरन चक्की खरिद गर्न नोबाजेनिटिकाले दिएकै दररेट आसपासमा त्यसैसँग सहकार्य गर्ने वितरक सप्लाई कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ।

    विभागको व्यवस्थापन महाशाखा खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले सबै प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेकाले खासै समस्या नभएको बताए। ‘

    प्रदेश सरकारले औषधि किन्ने बजेटलाई समेत संघीय सरकारमातहत ल्याएर आइरन चक्की खरिद गर्न लागिएको हो। नयाँ सरकार गठन भए पनि खरिद प्रक्रिया नरोकिने भन्दै विभागले प्रक्रियालाई निरन्तरता दिने भएको छ।