राष्ट्रपति निर्वाचन : एमाले–माओवादी दूरी बढ्दै - Chaitanya News
  • 2026-05-11
  • 06:33:19
  • सोमबार,बैशाख २८, २०८३
  • राष्ट्रपति निर्वाचन : एमाले–माओवादी दूरी बढ्दै

    राष्ट्रपति निर्वाचन : एमाले–माओवादी दूरी बढ्दै

     

    काठमाडौं-  राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ दल आ–आफनै रणनीतिअनुसार अगाडि बढिरहेका छन् ।

    एक अर्काप्रति सशंकित सत्तारूढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) राष्ट्रपति निर्वाचनमा रणनीतिकरूपमा अगाडि बढ्न खोजेपछि उनीहरूबीच दूरी बढ्दै गएको स्रोत बताउँछ ।

    नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने निर्णय गरेपछि एमालेले सरकार गठनअघि भएको ‘भद्र सहमति’ अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    राष्ट्रपति निर्वाचनमा सरकार गठनअघिको सहमति कार्यान्वयनका लागि दुवै पार्टीका शीर्षनेता निरन्तर छलफलमा छन् ।