पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-01
  • 05:04:31
  • बिहिबार,बैशाख १७, २०८३
  • पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

    पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं –  नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (आइतबार) पनि कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा पानी र हिमपातको सम्भावना रहेको छ ।

    आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।