चोरीको चुरोट किन्ने वडाध्यक्ष मोहन साह प्रहरी नियन्त्रणमा - Chaitanya News
  • 2026-10-28
  • 10:08:43
  • बुधबार,कार्तिक १२, २०८३
  • चोरीको चुरोट किन्ने वडाध्यक्ष मोहन साह प्रहरी नियन्त्रणमा

    चोरीको चुरोट किन्ने वडाध्यक्ष मोहन साह प्रहरी नियन्त्रणमा

    वीरगञ्ज– बाराको कलैया उपमहानगरपालिका का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन्। चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

    गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।

    पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको वयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।