काठमाडौँ– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शुक्रबारको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको छ।
बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा कांग्रेसको पनि विश्वास लिएर कसरी अघि बढ्न सकिन्छरु भनी प्रश्न सोधेका थिए।