काठमाडौं– उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोबारे छलफल भएको थियो। बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको बता ।
भेटमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको र त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन्। नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताइन्।
ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले बताइन्। उपप्रधानमन्त्री लिङ्देनले भूपू ब्रिटिस गोर्खा सैनिकको समस्या समाधानका लागि राजदूत पोलिटसँग आग्रह पनि गरेका थिए।