राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २३ माघमा - Chaitanya News
  • 2026-05-11
  • 06:33:19
  • सोमबार,बैशाख २८, २०८३
  • राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २३ माघमा

    राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २३ माघमा

    काठमाडौं– राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारको बैठकमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन्।

    संसद् सचिवालयका महासचिव भरत गौतमलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिइएको छ। ‘माघ २३ गते दिनको ११ः५९ बजे बस्ने बैठकले उपाध्यक्ष निर्वाचित गर्नेछ,’ निर्देशनमा भनिएको छ।

    राष्ट्रिय सभा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। यसअघि पनि उक्त पार्टीकै उपाध्यक्ष थिइन्।