अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप - Chaitanya News
  • 2026-05-11
  • 06:34:00
  • सोमबार,बैशाख २८, २०८३
  • अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप

    काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र सीटिइभीटिमा आर्थिक चलखेल गरेको भन्दै संगठनकै लेखा आयोगले २४ घण्ट स्पष्टीकरण सोधेको हो।

    शुक्रबार आयोगका उपप्रमुख गम्भीर साउदले आर्थिक पोखरा विश्वविद्यालय र सीटीइभीटीमा संगठन विस्तार गर्ने नाममा आर्थिक लेनदेन र बार्गेनिङ गरेको कुरा बाहिर आएको भन्दै त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन सिंहलाई अनुरोध गरेका छन्। विज्ञप्तिमा कसमस कलेजमा समानान्तर गतिविधि गरेको भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिएको छ।