मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु, १९ जना बेपत्ता - Chaitanya News
  • 2026-09-06
  • 17:51:53
  • आइतबार,भाद्र २१, २०८३
  • मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु, १९ जना बेपत्ता

    मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु, १९ जना बेपत्ता

    काठमाडौँ– अफ्रिकाको तटपारी हिन्द महासागरमा अवस्थित मुलुक मदागस्करमा आँधीका कारण १६ जनाको मृत्यु भएको छ। उक्त टापु मुलुकमा आँधीमा परेर अरु १९ जना बेपत्ता भएका छन्।

    प्राप्त समाचार अनुसार मदागकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधीको प्रकोप देखिएको छ। मदागस्करको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार अहिले पनि आँधीको त्रास कायमै रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गरिएको छ।

    प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अनुसार ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन्। उनीहरुमध्ये २५ हजार जनाभन्दा धेरैलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ।

    मलगासे अधिकारीहरुले जनाएअनुसार आँधीका कारण १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको छ।