केपी ओली कप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख रुपैयाँ - Chaitanya News
  • 2026-06-05
  • 09:33:48
  • शुक्रबार,जेठ २२, २०८३
  • केपी ओली कप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख रुपैयाँ

    केपी ओली कप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख रुपैयाँ

    काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ।

    शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ।

    काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष किरण पौडेलले जानकारी दिए।

    उनका अनुसार विजेता टिमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार, प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार नगद पुरस्कार पाउनेछन्।