गृहमन्त्री लामिछाने मुद्दाको सुनुवाइ सकियो, न्यायाधीश फैसलाको तयारीमा - Chaitanya News
  • 2026-05-01
  • 05:04:32
  • बिहिबार,बैशाख १७, २०८३
  • गृहमन्त्री लामिछाने मुद्दाको सुनुवाइ सकियो, न्यायाधीश फैसलाको तयारीमा

    गृहमन्त्री लामिछाने मुद्दाको सुनुवाइ सकियो, न्यायाधीश फैसलाको तयारीमा

    काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएको छ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फमा कानुन व्यवसायीले बहस सकेका छन्।

    बहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन्।

    नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

    अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै उनीहरुले गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरेका थिए।