२१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ - Chaitanya News
  • 2026-09-07
  • 19:07:16
  • सोमबार,भाद्र २२, २०८३
  • २१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ

    २१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिला पक्राउ

    काठमाडौं-  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट २१ किलो अवैध लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउपर्नेहरुमा चितवनको राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेका छन् । उनीहरुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाइ राखेको अवस्थामा गाँजा फेला पारिएको हो ।