राष्ट्रपति भण्डारी राजा जस्तै भएको पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी - Chaitanya News
  • 2026-06-26
  • 08:01:41
  • शुक्रबार,आषाढ १२, २०८३
  • राष्ट्रपति भण्डारी राजा जस्तै भएको पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी

    राष्ट्रपति भण्डारी राजा जस्तै भएको पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी

    काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन्। बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरिन।

    उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन। उनले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन। पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन। राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताइन।

    उनले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताइन। निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन।