क्रिकेटर सन्दिप लामिछानेको विषयमा क्यान कानुनअनुसार अघि बढ्ने - Chaitanya News
  • 2026-06-13
  • 15:10:57
  • शनिबार,जेठ ३०, २०८३
  • क्रिकेटर सन्दिप लामिछानेको विषयमा क्यान कानुनअनुसार अघि बढ्ने

    क्रिकेटर सन्दिप लामिछानेको विषयमा क्यान कानुनअनुसार अघि बढ्ने

    काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए।

    उनका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको छ।

    उनले भने, ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन। आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ। हामी त्यो विषयमा सोचिरहेका छौँ।’

    उच्च अदालत पाटनले केही समयअघि लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो। त्यससता उनको क्रिकेटमा पुनरागमनबारे अन्योलता रहेका बेला चन्दको यस्तो भनाइ आएको हो।