१७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ - Chaitanya News
  • 2026-10-28
  • 08:49:22
  • बुधबार,कार्तिक १२, २०८३
  • १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

    १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

    बागलुङ– १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विक रहेका छन्।

    आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।