तीन वर्षपछि पार्टी काममा फर्कीए अग्नि सापकोटा - Chaitanya News
  • 2026-05-11
  • 05:13:09
  • आइतबार,बैशाख २७, २०८३
  • तीन वर्षपछि पार्टी काममा फर्कीए अग्नि सापकोटा

    तीन वर्षपछि पार्टी काममा फर्कीए अग्नि सापकोटा

    काठमाडौं– सभामुख निर्वाचित भएपछि पार्टी राजनीतिबाट अलग भएका अग्नि सापकोटा तीन वर्षपछि पार्टी काममा फर्केका छन्।

    २०७६ माघ १२ गते सभामुख भएपछि उनले पार्टी सदस्यताबाट राजीनामा दिएका थिए। सभामुख तटस्थ भूमिकामा हुनुपर्ने परम्पराअनुसार पार्टीको सदस्यता त्यागेका सापकोटा कार्यकाल सकिएसँगै राजनीतिमा फर्केका हुन्।​

    बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा उनी उपस्थित भएका हुन्।

    पार्टीको पदाधिकारी नभए पनि उनी पदाधिकारीसँगै मञ्चमा बसेका छन्। अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिवहरुसहित सापकोटा पनि मञ्चमा छन्।

    भावी उपराष्ट्रपतिको उम्मेदवारको रुपमा माओवादीभित्र सापकोटाको चर्चा भइरहेको छ। लगातार चुनाव जित्दै आएका सापकोटा गत प्रतिनिधि सभा निर्वाचनमा भने उम्मेदवार बनेका थिएनन्।