काठमाडौँ। वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन्।
बिहिबार वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गरेकी हुन्।
विशेष गरेर आज सरस्वती पूजाको दिनमा हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ।










