ट्रेड युनियन अधिकार नखोस्न र संविधानको अनुसूची–८ मा राखिएको शिक्षा सम्बन्धी व्यवस्था खारेज गर्न शिक्षक–कर्मचारीहरुको माग काठमाडौं– शिक्षक–कर्मचारीहरुले ट्रेड युनियन अधिकार नखोस्न र संविधानको अनुसूची–८ मा राखिएको शिक्षा सम्बन्धी व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन्। एजुकेसन इन्टरनेसनलमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्ले ट्रेड युनियन अधिकार नखोस्न र संविधानको अनुसूची–८ खारेज गर्न माग गरेका हुन्। संविधानको अनुसूची ८ मा आधारभूत तह र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार सूचीभित्र राखिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक–कर्मचारीहरुले अनुसूची ८ को सो व्यवस्था खारेज गर्न माग गरे। साथै संविधानले दिएको ट्रेड युनियनको अधिकार कसैले खोस्न नसक्ने बताए । ‘संविधानले दिएको अधिकार हो। खारेज हुन सक्दैन,’ शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले भने। शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी पनि ट्रेड युनियनको अधिकारको पक्षमा उभिए। संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले १४ बुँदे माग सार्वजनिक गरेका छन्। उनीहरुका माग यस्ता छन्