चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 880 of 1151
  • 2026-11-20
  • 22:52:07
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

समृद्धि फाइनान्समा रोजगारीको अवसर !

काठमाडौं- समृद्धि फाइनान्सले रिक्त पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको हो । चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । त्यस्तै ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदहरुमा आवेदन दिन प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख १० गतेभित्र आवेदन दिन सक्नेछन् ।