समृद्धि फाइनान्समा रोजगारीको अवसर ! - Chaitanya News
  • 2026-06-21
  • 13:12:13
  • आइतबार,आषाढ ०७, २०८३
  • समृद्धि फाइनान्समा रोजगारीको अवसर !

    समृद्धि फाइनान्समा रोजगारीको अवसर !

    काठमाडौं- समृद्धि फाइनान्सले रिक्त पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

    फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको हो ।

    चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । त्यस्तै ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदहरुमा आवेदन दिन प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

    ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख १० गतेभित्र आवेदन दिन सक्नेछन् ।