भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी - Chaitanya News
  • 2026-07-18
  • 15:46:20
  • शनिबार,साउन ०२, २०८३
  • भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

    भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

    काठमाडौ-  भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

    महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो ।

    अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी परेको जनाइएको छ ।

    जसमध्ये ११ जनाको मृत्यु भएको र अन्य १३ जनाको अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएको छ । मुम्बई शहरदेखि नजिकैको नविमुम्बई भन्ने स्थानको खर्घर मैदानमा आयोजित समारोहमा लाखौं मानिस सहभागी भएका थिए ।

    ३ सय एकड भन्दा ठूलो मैदानमा मानिसहरु खचाखच भरिएका थिए । खुला आकाशमुनि आयोजित समारोहमा लामो समय घाममा बस्दा मानिसहरुमा स्वास्थ्य समस्या उत्पन्न भएको जनाइएको छ ।