चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 816 of 1151
  • 2026-11-21
  • 04:27:40
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं -  मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि अर्थमन्त्रीले संसद्मा बजेट पेस गर्ने छन् । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न आज अपरान्ह ४: १५ मा संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । यस अघि समयमा बजेट प्रस्तुत नहुने गरेका कारण २०७२ को संविधानमा नै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने दिन तोकिएपछि आजकै दिनमा हरेक बर्ष बजेट प्रस्तुत हुदै आएको छ ।

News by बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै :