सरकारी संस्थान को कति नाफामा, को कति घाटामा? - Chaitanya News
  • 2026-06-17
  • 09:39:04
  • बुधबार,आषाढ ०३, २०८३
  • सरकारी संस्थान को कति नाफामा, को कति घाटामा?

    सरकारी संस्थान को कति नाफामा, को कति घाटामा?

    काठमाडौं- सरकारका २५ सार्वजनिक संस्थान नाफामा रहेकोमा १७ वटामा घाटामा चलिरहेको पाइएको छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० अनुसार ४४ संस्थानमध्ये आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये १७ वटा संस्थान घाटामा छन्। दुई वटा संस्थानको कारोबार भने शून्य छ।

    नाफामा रहेका संस्थानको खुद नाफा एक वर्षको अवधिमा ३३.६५ प्रतिशतले बढेको छ। नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी भने ६१०.९६ प्रतिशतले बढेको छ। समीक्षा अनुसार २०७७/७८ मा २२ संस्थान नाफामा गएका थिए। हाल जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै छ।

    नाफामा रहेका संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण सबैभन्दा माथि छ। आव २०७८/७९ मा सो कम्पनीले १३ अर्ब ३७ करोड नाफा कमाएको छ। प्राधिकरणपछि नेपाल टेलिकम दोस्रो स्थानमा छ।

    नेपाल आयल निगमको घाटा सबैभन्दा बढी छ। सो कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड नोक्सानीमा छ।

    आर्थिक वर्ष २०७८/७९ सम्म घाटामा रहेका सार्वजनिक संस्थान

    दुग्ध विकास संस्थान – ३७ करोड ०४ लाख घाटा

    जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी- १ करोड ६६ लाख घाटा

    हेटौंडा सिमेन्ट उद्योग लि.- ११ करोड १४ लाख करोड घाटा

    नेपाल औषधि लिमिटेड- १३ करोड ८६ लाख घाटा

    नेपाल ओरिण्ड म्याग्नासाइट लि- १४ करोड २८ लाख घाटा

    बुटवल धागो कारखाना लि – ३ करोड ४६ लाख घाटा

    नेपाल मेटल कम्पनी लि- ३५ लाख घाटा

    धौवादी फलाम कम्पनी लि- २८ लाख घाटा

    नेपाल आयल निगम – ३८ अर्ब १७ करोड ७७ लाख घाटा

    नेपाल वन निगम लिमिटेड- २ करोड २६ लाख घाटा

    नेपाल वायुसेवा निगम- १ अर्ब ७० करोड ३० लाख घाटा

    राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास के.लि – २८ लाख घाटा

    नेपाल रेल्वे कम्पनी लि – १४ करोड ३५ लाख घाटा

    साँस्कृतिक संस्थान – २ करोड ४४ लाख घाटा

    नेपाल टेलिभिजन – १२ करोड ७५ लाख घाटा

    राष्ट्रिय आवास कम्पनी- ६ करोड ४६ लाख घाटा

    नेपाल खानेपानी संस्थान – ३९ करोड ५४ लाख घाटा

    नाफामा रहेका संस्थानहरू

    जनकपुर चुरोट कारखाना लि.- २५ लाख नाफा

    उदयपुर सिमेन्ट उद्योग लि.- ४ करोड ९२ लाख नाफा

    कृषि सामग्री कम्पनी – ४५ करोड २० लाख नाफा

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी- १८ करोड ८८ लाख

    औद्योगिक क्षेत्र व्यवस्थापन लि- ५ करोड ३७ लाख नाफा

    नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लि – ८ करोड ५३ लाख करोड

    नेपाल नागरिक उड्यन प्राधिकरण- १ अर्ब ३० करोड ७१ लाख नाफा

    नेपाल पूर्वाधार निर्माण कम्पनी- ३८ लाख नाफा

    साझा यातायात सहकारी संस्था लि- २२ करोड ५३ लाख नाफा

    विशाल बजार कम्पनी लि- १२ करोड ९ लाख नाफा

    गोरखापत्र संस्थान- ५ करोड ४९ लाख नाफा

    जनक शिक्षा सामग्री केन्द्र लि – २२ करोड १ लाख नाफा

    नेपाल विद्युत् प्राधिकरण- १३ अर्ब ३७ करोड ४६ लाख नाफा

    नेपाल दूरसञ्चार कम्पनी लि- ८ अर्ब ४७ करोड ७ लाख

    विद्युत् उत्पादन कम्पनी- १० करोड ७९ लाख

    राष्ट्रिय प्रशारण ग्रिड कम्पनी – १५ करोड २ लाख

    कृषि विकास बैंक- २ अर्ब २२ करोड ५७ लाख नाफा

    राष्ट्रिय बिमा संस्थान (जीवन)- २ करोड ६८ लाख

    राष्ट्रिय वाणिज्य बैंक लि – ४ अर्ब २९ करोड २८ लाख

    निक्षेप तथा कर्जा सुरक्षण कोष- ३ अर्ब १ करोड ४९ लाख

    नेपाल स्टक एक्सचेन्ज लिमिटेड – १ अर्ब १७ करोड ८१ लाख

    नागरिक लगानी कोष – ३ अर्ब १० करोड ४२ लाख

    हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी- ९५ करोड ७८ लाख

    नेपाल बैंक लि – २ अर्ब ९२ करोड ३२ लाख