पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी - Chaitanya News
  • 2026-07-16
  • 02:58:34
  • बुधबार,आषाढ ३१, २०८३
  • पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

    पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

    काठमाडौं- कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको श्री जनजोति माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।

    कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन्।

    विद्यालयको लापरबाहीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीहरुको आरोप छ। पुस्तक नपाउदासम्म विद्यालय खोल्न नदिने विद्यार्थीहरुले बताएका छन्।