चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 793 of 1152
  • 2026-11-21
  • 20:37:32
  • शनिबार,मंसिर ०६, २०८३

About Author

अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

काठमाडौं -  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूले समसामयिक राजनीतिका विषयमा कुराकानी गरेका बताइएको छ । यस्तै, उक्त भेटवार्तामा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् । चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरिसकेका छन् ।

News by अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता :