चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 529 of 1152
  • 2026-11-22
  • 09:35:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सातै प्रदेशका प्रदेश प्रमुखले गरे राष्ट्रपति पौडेलसँग भेट

काठमाडौँ– सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज (बुधबार) बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन्। हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ छन्। आज बिहान सबै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति पौडेलसँग भेटघाट गरेका हुन्। भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका छन्।  

News by सातै प्रदेशका प्रदेश प्रमुखले गरे राष्ट्रपति पौडेलसँग भेट :