आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-13
  • 16:55:35
  • बुधबार,बैशाख ३०, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं– आज (बिहीबार) सवा १ बजे संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठकबस्दैछ ।

    बैठकमा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ।

    उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ को उपनियम (२)बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ।