लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 00:13:01
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. छैटो विमस्टेक सम्मेलन (BIMSTEC) कहिले र कुन देशमा आयोजना भयो ?
    A. २०२५ अप्रिल २-४, भारत B. २०२५ अप्रिल ३-४, बंगलादेश
    C. २०२५ अप्रिल १-३, म्यानमार D. २०२५ अप्रिल २-४, थाईल्याण्ड

    2. ICC च्याम्पियन ट्रफी २०२५ कुन देशले जितेको छ ?
    A. न्यूजिल्याण्ड B. भारत C. पाकिस्तान D. श्रीलंका

    3. भारतीय स्वतन्त्रता आन्दोलनको प्रथम कदम के लाई मानिन्छ ?
    A. जलिया वाला बाग हत्याकाण्ड (सन् १९१९) B. आजाद हिन्द फौज स्थापना (सन् १९४१)
    C. सिपाही आन्दोलन (सन् १८५७) D. भारत छोड आन्दोलन (सन् १९४२)

    4. दिईएका प्रथा र अन्त्य वीच जोडा मिलाउँनुहोस् ।
    प्रथा अन्त्य
    a. सती प्रथा अन्त्य 1. वि.सं. १९६८
    b. दास प्रथा अन्त्य 2. वि.सं. १९७७
    c. बिर्ता उन्मूलन 3. वि.सं. १९८१
    d. अमाली प्रथा खारेजी 4. वि.सं. २०१६
    A) a-1,b-2,c-3,d-4 B) a-2,b-1,c-3,d-4
    C) a-2,b-3,c-4,d-1 D) a-3,b-1,c-2,d-4

    5. ‘Earth Sister Planet, Twin Planet’ भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
    A. शनि B. शुक्र C. वरुण D. बृहस्पति

    6. तलका भनाईहरु अध्ययन गर्नुहोस् र सहि कोड छान्नुहोस् ।
    क) नेपालमा द्वैध शासनको सुरुवात वसन्तदेवको पालामा भएको हो ।
    ख) नेपाल शब्द उल्लेख भएको पहिलो अभिलेख वसन्तदेवको पालाको हो ।
    A. क मात्र ठिक B. क र ख दुवै ठीक C. ख मात्र ठिक D. दुवै बेठिक

    7. नदी र खस्ने ठाउँ वीच कुन जोडा गलत छ ?
    A. मेकङ – साउथ चाईना सी B. यान्जे -याङसी – चाईना सी
    C. भोल्गा – बंगालको खाडी D. अमेजन – आन्द्र महासागर

    8. सार्क राष्ट्र यूरोपेली संघको ढाँचाको एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने सार्क राष्ट्र कुन हो ?
    A. माल्दिभ्स B. श्रीलंका C. भूटान D. भारत

    9.United Nations Climate change Conference (COP-29) ले २०३५ सम्ममा विकसित देशले वार्षिक कति रकम जलवायु कोषमा जम्मा गर्ने वित्तिय लक्ष्य लिएको छ ?
    A. ३०० अर्ब अमेरिकी डलर B. ५०० अर्ब अमेरिकी डलर
    C. ६०० अर्ब अमेरिकी डलर D. २०० अर्ब अमेरिकी डलर

    10. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ मा लोगो र मस्कट डिजाईनर को हुन् ?
    A. केशवकुमार विष्ट B. विकास तमाखु
    C. हरिनाथ पौडेल D. योगेश चन्द

    11. “छेकम्बर ” नाका कुन जिल्लामा रहेको छ ?
    A. सिन्धुपाल्चोक B. रसुवा C. गोरखा D. कास्की

    12. हाल सम्म ३/३ पटक सार्क शिखर सम्मेलन आयोजना गर्ने सार्क राष्ट्र कुन कुन हुन् ?
    A. नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भारत
    B. नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान
    C. नेपाल, पाकिस्तान, माल्दिभ्स, श्रीलंका र भारत
    D. नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका र भारत

    13. “सडेन डेथ” शब्द कुन खेल सँग सम्बन्धित छ ?
    A. भलिबल B. फुटबल C. बेसबल D. क्रिकेट

    14. जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    नाम प्रधान कार्यालय
    a. United Nation Office for project services 1. कोपन हेगन, डेनमार्क
    b. UN women 2. न्युर्योक, अमेरिका
    c. UNODC 3. भियना, अष्ट्रिया
    d. International Organization for migration 4. स्वीट्जरल्याण्ड
    A) a-2,b-1,c-3,d-4 B) a-1,b-2,c-3,d-4
    C) a-3,b-4,c-2,d-1 D) a-4,b-3,c-1,d-2

    15.व्यास हिमाल कुन जिल्लामा पर्दछ ?
    A. दार्चुला B. बझाङ C. रसुवा D. डोल्पा

    16. पुर्व देखि पश्चिम देशान्तरको आधारमा क्षेत्रीय सहयोग संगठनहरुको भौगोलिक अवस्थितिको कुन क्रम ठिक हो ?
    A. युरोपीयन, युनियन, आशियान, सार्क र ओपेक
    B. आशियान, सार्क, ओपेक, युरोपीयन र युनियन,
    C. सार्क, आशियान, युरोपीयन, युनियन र ओपेक
    D. आशियान, ओपेक, सार्क, युरोपीयन र युनियन

    17. सरकारले कृषिमा लगानी दशकका रुपमा घोषणा गरेको अवधी देहायका मध्ये कुन हो ?
    A. वि.सं. २०८१ – २०९१ B. वि.सं. २०८१ – २०९२
    C. वि.सं. २०८० – २०९० D. वि.सं. २०७९ – २०८९

    18. प्रशासन आवश्यकता अनुसार परिवर्तन एवम् सुधार गर्न गठित एउटा छुट्टै स्थायी निकाय O and M सर्वप्रथम कुन मन्त्रालय अन्र्तगत राखिएको थियो ?
    A. परराष्ट्र मन्त्रालय B. अर्थमन्त्रालय C. गृह मन्त्रालय D. रक्षा मन्त्रालय

    19. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    आविष्कार आविष्कारक
    a. एफ.एम रेडियो 1. आईभिस भ्याक्गेफी
    b. भ्याकुम क्लिनर 2. एड्विन आर्मस्ट्रङ
    c. वासिङ मेसिन 3. विलियम कुलिज
    d. एक्सरे ट्युव 4. चाल्र्स स्टोन
    A) a2,b3,c4,d1 B) a2,b4,c1,d3
    C) a2,b1,c4,d3 D) a3,b4,c1,d2

    20. स्थानीय तह अन्र्तगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने छन् । भनेर नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
    A. धारा ५० B. धारा ५५ C. धारा ५६ D. धारा ५१

    उत्तरः

    1. D 11. C
    2. B 12. A
    3. C 13. B
    4. C 14. B
    5. B 15. A
    6. B 16. B
    7. C 17. A
    8. D 18. B
    9. A 19. C
    10. B 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100