लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 00:14:08
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. विश्वकै सबैभन्दा ठूलो सहारा मरुभुमी कति वटा देशमा फैलिएको छ ?
    A. ९ देश B. १० देश C. ११ देश D. १२ देश

    2. उपत्यकाको विभाजन पश्चात काठमाण्डौंका पहिलो मल्ल राजा को हुन् ?
    A. रण मल्ल B. यक्ष मल्ल C. रत्न मल्ल D. महिन्द्र मल्ल

    3. तार बिनाको टेलिग्राफको आविष्कार गरेबापत मार्कोनीलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ?
    A. सन् १९०९ B. सन् १९१० C. सन् १९११ D. सन् १९१५

    4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a.Pen Pintor Prize ,2024 1. Dr. Pumla Gobodo -madikizela
    b.Abel Prize 2024 2. अरुन्धती रोय
    c.Templeton Prize 2024 3. Jenny Erpenbeck
    d.International Booker,2024 4. Michel Talagrand
    A) a2,b3,c4,d1 B) a2,b3,c1,d4
    C) a2,b4,c1,d3 D) a1,b2,c4,d3

    5. दक्षिण एशियाली किसान सम्मेलन, २०८१ कहाँ सम्पन्न भएको थियो ?
    A. काठमाण्डौँ B. पोखरा C. धनगढी D. विराटनगर

    6. तलका भनाई विचार गर्नुहोस् ।
    a. सवारी साधनको धुँवाको मात्रा नाप्ने एकाई HIS (Hartej smoking Unit) हो ।
    b. प्लाष्टिक बाल्दा CFC ग्याँस उत्पादन हुन्छ ।
    A) a र b दुवै सही B) a गलत b सही
    C) a सही b गलत D) a र b दुवै गलत

    7. जोडा मिलाउनुहोस् ।
    a. प्रमुख अंग 1. जिम्मा जमानी परिषद्
    b. कार्यकारी अंग 2. सुरक्षा परिषद्
    c. प्रशासनिक अंग 3. महासभा
    d. सफल अंग 4. सचिवालय
    A) a3,b1,c2,d4 B) a1,b2,c3,d4
    C) a3,b2,c4,d1 D) a4,b1,c3,d2

    8. ‘Rota Virus’ द्धारा कुन रोग लाग्दछ ?
    A) Japanese Encephalitis B) Measles
    C) Tuberculosis D) Diarrhea

    9. ताराहरुको रङ फरक फरक हुनुको कारण के हो ?
    A. पृथ्वी र ताराहरु बीचको दुरी B. सूर्यबाट ताराहरुको दुरी
    C. ताराहरुमा रहेको ग्यास D. ताराहरुको तापक्रम

    10. क्षेत्रफलको आधारमा महासागरहरुको ठुलो देखि सानो क्रम कुन सहि हो ?
    A. प्रशान्त, आन्द्र, हिन्द, सुमेरु र कुमेरु B. प्रशान्त, आन्द्र, हिन्द, कुमेरु र सुमेरु
    C. हिन्द, प्रशान्त, आन्द्र, कुमेरु र सुमेरु D. प्रशान्त, आन्द्र, सुमेरु, हिन्द र कुमेरु

    11. जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a. शोषण विरुद्धको हक i. धारा ४३
    b. शिक्षा सम्बन्धि हक ii. धारा ३८
    c. महिलाको हक iii. धारा २९
    d. सामाजिक सुरक्षाको हक iv. धारा ३१
    A) aiii, biv, cii, di B) aiv, biii, cii, di
    C) aii, bi, ciii, div D) ai, bii, ciii, div

    12. १३ जना लेखकद्धारा लेखिएको कृति कुन हो ?
    A. आरोहण B. आकाश विभाजित छ
    C. शुक्रराज शास्त्रीको चस्मा D. कादम्बर

    13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    भनाई नाम
    a. म नै राज्यु हुु 1. नेपोलियन
    b. भ्रष्ट चर्चलाई नष्ट गरिदेउ 2. लुई चौधौँ
    c. मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिन्छ 3. भोल्तेयर
    d.यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएन 4. रुसो
    A) a2,b3,c1,d4 B) a4,b3,c1,d2
    C) a2,b3,c1,d4 D) a2,b3,c4,d1

    14. राष्ट्रिय जनगणना, २०७८ अनुसार कति जनसंख्याले मैथली बोल्ने गर्दछन् ?
    A) 11.06% B) 11.07%
    C) 11.05% D) 11.08%

    15. सार्कको सांतौ शिखर सम्मेलनले गरेको महत्वपूर्ण निर्णय दिइएका मध्ये कुन हो ?
    A. आठौँ शिखर सम्मेलन श्रीलंकामा गर्ने B. नेपालमा सार्क क्षयरोग केन्द्रको स्थापना गर्ने
    C. लागु औषधको अवैध ओसारपसार नियन्त्रण गर्ने D) SAPTA मा हस्ताक्षर गर्ने

    16. तलका भनाई विचार गर्नुहोस् ।
    १. “नेपालको संक्षिप्त वृतान्त” का लेखक बाबुराम आचार्य हुन् ।
    २. किरातवंशका प्रथम राजा यलम्बर हुन् ।
    ३. अभागी राजा भनेर जयप्रकाश मल्ललाई चिनिन्छ ।
    ४. झ्यालमा रङ्गिन सिसा राख्ने चलन चलाउने राजा रणजीत मल्ल हुन ।
    A. १ र २ मात्र सहि B. ३ र ४ मात्र सहि
    C. १, २ र ३ मात्र सहि D. सबै सहि

    17. वैज्ञानिक र आविष्कारको बारेमा गलत जोडा छनौट गर्नुहोस् ।
    A. टेलिभिजन -जे.एल.बेयर्ड
    B. सलाई – नील बोहर
    C. एक्सरे मेसिन – विल्हेम कोनराड रोएन्टजेन
    D) Helicopter – Igor Sikorsky

    18. जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
    समूह I समूह II
    a. विश्व अपाङ्ग दिवस, 1. डिसेम्बर १
    b. विश्व एड्स दिवस, 2. डिसेम्बर ३
    c. विश्व मानसिक स्वास्थ्य दिवस, 3. अप्रिल ७
    d. विश्व स्वास्थ्य दिवस, 4. अक्टुबर १०
    A) a-1, b-2, c-3, d-4 B) a-4, b-1, c-3, d-2
    C) a-2, b-1, c-3, d-4 D) a-2, b-1, c-4, d-3

    19. निम्न मध्ये कुन नदिको पौराणिक नाम हेमगंगा हो ?
    A. मस्र्याङदी B. त्रिशुली C. लिखु D. दुधकोशी

    20. नेपालको प्रमुख पदयात्रा मार्गहरुलाई पश्चिमदेखि पूर्वतर्फ मिलाउँदा तलका मध्ये कुन क्रम सही हुन्छ ।
    1. मनास्लु सर्किट टे«क 2. अप्पर मुस्ताङ टेक«
    3. लाङटाङ उपत्यका टे«क 4. अन्नपुर्ण सर्किट टे«क
    A, 3-1-2-4 B) 3-1-4-2
    C) 1-2-3-4 D) 4-2-1-3

    उत्तरहरूः

    1. B 11. A
    2. C 12. A
    3. A 13. D
    4. C 14. C
    5. A 15. D
    6. A 16. D
    7. C 17. B
    8. D 18. D
    9. D 19. C
    10. B 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100