1. निम्न कथन विचार गरि कोडबाट सहि विकल्प छनौट गर्नुहोस् ।
क) भूमध्येरेखालाई नछुने महादेश उत्तर अमेरिका, अन्टार्कटिका, यूरोप र अष्ट्रेलिया हुन् ।
ख) भूमध्ये रेखाको सबैभन्दा ठूलो द्धिप सिसिलि हो ।
ग) विश्वको लामो सामुन्द्रिक किनारा भएको देश क्यानडा हो ।
A. क र ख ठिक B. ख र ग C. सबै बेठिक D. सबै ठिक
2. विश्वमा रहेका सागरहरुको क्षेत्रफलको आधारमा (धेरै देखि थोरैको) क्रम कुन ठिक छ ?
A. दक्षिण चाईना सागर, क्यारेवियन, भूमध्यसागर, वेरिङ सागर र मेक्सिको वगर
B. दक्षिण चाईना सागर, भूमध्यसागर, क्यारेवियन, वेरिङ सागर र मेक्सिको वगर
C. दक्षिण चाईना सागर, क्यारेवियन, वेरिङ सागर, भूमध्यसागर, र मेक्सिको वगर
D. क्यारेवियन, दक्षिण चाईना सागर, भूमध्यसागर, वेरिङ सागर र मेक्सिको वगर
3. जोडा मिलान गरि कोडबाट सहि विकल्प रोज्नुहोस् ।
क्रान्ति स्थान
a. भेलभेट क्रान्ति 1. लेवलान
b. सेडर क्रान्ति 2. बेलारुस
c. लोट्स क्रान्ति 3. चकोस्लोभाकिया
d. जिप्स क्रान्ति 4. ईजिप्ट
A) a3,b1,c2,d4 B) a1,b3,c4,d2
C) a1,b2,c3,d4 D) a3,b1,c4,d2
4. देहायका भनाई विचार गर्नुहोस् ।
a. सन् १९१९ देखि १९४७ सम्मको अवधिलाई गान्धिवादी युग भनिन्छ ।
b. राष्ट्र संघको स्थापना गर्न प्रस्ताव गर्ने व्यक्ति उड्रो विल्सन हुन् ।
c. विश्वको पहिलो कम्युनिष्ट सरकार लेनिनको नेतृत्वमा बनेको थियो ।
d) Boston Tea party अमेरिकी स्वतन्त्रता संग्राम सँग सम्बन्धित छ ।
A) a र b ठिक B) c र d ठिक C) सबै ठिक D) a र d ठिक
5. लिच्छविकालीन समयमा पञ्चापराध अन्र्तगत देहायका मध्ये कुन पर्दैन् ?
A. चोरी B. हत्या C. हिंसा D. राजद्रोह
6. महाराजधिराज परमभट्टारकको पदवी धारण गर्ने राजा को हुन् ?
A. नरेन्द्र देव B. गुणकामदेव C. मानदेव D. अंशुवर्मा
7. मौलिक हकहरुको क्रमशः क्रम कुन मिल्दछ ?
A. खाद्य हक, श्रमको हक, महिलाको हक, दलितको हक र सामाजिक न्यायको हक
B. श्रमको हक, खाद्य हक, दलितको हक, महिलाको हक, र सामाजिक न्यायको हक
C. श्रमको हक, महिलाको हक, खाद्य हक, दलितको हक र सामाजिक न्यायको हक
D. श्रमको हक, खाद्य हक, महिलाको हक, दलितको हक र सामाजिक न्यायको हक
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
वस्तु पाईने तत्व
a. हरियो पात 1. टेनिन
b. कोकाकोला 2. थियोक्रोमिन
c. खुर्शानी 3. क्लोरोफिल
d. चिया 4. क्यापसाईसिन
A) a3,b2,c4,d1 B) a3,b2,c1,d4 C) a4,b3,c2,d1 D) a1,b3,c4,d2
9. रुसले सन् १९५७ नोभेम्बर २ मा लाईका नामक कुकुर पठाएको मानव निर्मित उपग्रह कुन हो ?
A. एपोलो (११ B. भोष्तोक १ C. स्पुतनिक १ D. स्पुतनिक (२
10.निम्न मध्ये कुन जोडा गलत छ ?
रोगको नाम रोग लगाउने किटाणु
A) Bird Fiu – H5N1 B. रेविज रोग – Lyssa Virus
C) Swin Fleau – H2N3 D) Malaria – Plasmodium Vivax
11.ASEAN का सम्बन्धमा जोडा विचार गर्नुहोस् ।
a. UNO प्रवेश गर्ने पहिलो देश – फिलिपिन्स
b. नेपाल सँग दौत्य सम्बन्ध कायम भएको पहिलो देश -थाईल्याण्ड
c. धुम्रपान रहित देश बनाउन सुरु गर्ने देश – सिंगापुर
d. यसका पर्यवक्षक राष्ट्रहरु – पयुवा न्युगिनी र पूर्वी टिमोर
A) a,b र c ठिक B) a र b ठिक C) सबै ठिक D) a र d मात्र ठिक
12. यूरोपेली परिषद् (European Council) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. ब्रसेल्स B. लेक्जेम्वर्ग C. फ्रान्स D. बेल्जियम
13. Interpole सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
क) स्थापना सन् १९२३ सेप्टेम्बर ७ मा भएको हो ।
ख) भाषाहरु ; English, French, Spanish, Arabie हुन् ।
ग) Interpoleलाई UNO को आर्थिक तथा सामाजिक परिषदले मान्यता प्रदान गरेको छ ।
घ) प्रधानकार्यालय लियोन फ्रान्समा रहेको छ ।
A. क र ख ठिक B. ग र घ ठिक C. सबै बेठिक D. सबै ठिक
14.NPL, 2024 अनुसार तलका भनाई विचार गर्नुहोस् ।
क) यो पहिलो संस्करण हो ।
ख) Finalखेल सुदुरपश्चिम र जनकपुर विच भएको हो ।
ग) सर्वोत्कृष्ट खेलाडी सैफ अली जैव हुन् ।
घ) सर्वोत्कृष्ट बलर लाहिहरु मिलान्था हुन् ।
माथि उल्लेखित भनाईहरुमा कुन गलत छ ।
A. क B. ख C. ग D. घ
15. तिब्बतमा केन्द्रविन्दु बनाई कहिले भुकम्प गएको थियो ?
A. सन् २०२५ जनवरी ५ B. सन् २०२५ जनवरी ७
C. सन् २०२५ जनवरी २० D. सन् २०२५ जनवरी १०
16. १६ औ योजनाले योजनाको अन्त्य सम्ममा कृषि वस्तुको औषत उत्पादकत्व (प्रमुख बाली) कति मे.ट. प्रति हेक्टर पु¥याउने लक्ष्य लिएको छ ?
A. ३.७ मे.ट. प्रति हेक्टर B. ३.८ मे.ट. प्रति हेक्टर
C. ४.७ मे.ट. प्रति हेक्टर D. ५.७ मे.ट. प्रति हेक्टर
17. जोडा मिलान गरि कोडबाट सहि विकल्प छनौट गर्नुहोस् ।
ताल जिल्ला
a. गैडहवा 1. सुर्खेत
b. सिमी दह 2. रुपेन्दही
c. छितापोखरी 3. झापा
d. गौरादह 4. खोटाङ
A) a2,b1,c3,d4 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a4,b3,c2,d1
18. हिन्द महासागरीय सम्मेलन, २०२४ कहाँ सम्पन्न भएको हो ?
A. बंगलादेश B. अष्ट्रेलिया C. जापान D. अमेरिका
19. विश्व स्वास्थ्य संगठनका अनुसार PM-10 (PM = Particulate Matter) को मात्रा प्रतिघनमिटर क्षेत्रमा कति हुनुपर्ने उल्लेख छ ?
A. १० माइको ग्राम B. २० माइको ग्राम C. ३० माइको ग्राम D. २५ माइको ग्राम
20. BIMSTEC को वडापत्र सम्बन्धि तलका भनाई विचार गर्नुहोस् ।
i. वडापत्र २०२४ मे २० देखि लागु भएको हो ।
ii. वडापत्रमा हस्ताक्षर सन् २०२२ मार्च ३० मा भएको हो ।
iii. वडापत्रमा २७ पुष्ठ र ३६ दफा रहेका छन् ।
iv. हालका महासचिव ईन्द्रमणि पाण्डे हुन् ।
A. सबै ठिक B) i,ii ठिक iii, iv बेठिक C. सबै बेठिक D.iV, मात्र ठिक
उत्तरः
1. D 11. C
2. A 12. A
3. D 13. D
4. C 14. D
5. C 15. B
6. A 16. A
7. D 17. C
8. A 18. B
9. D 19. C
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100