लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 22:36:24
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?
    A. पेम्पाज B. डाउन्स C. स्टेप्स D. भेल्ड

    2. निम्न शहरहरुको अवस्थिति पूर्वबाट पश्चिमको क्रम कुन सही हो ?
    A. टोकियो, बेईजिङ, ताईपोई, सिंगापुर, क्वालालम्पुर B. टोकियो, ताईपेई, बेईजिङ, सिंगापुर, क्वालालम्पुर
    C. टोकियो, बेईजिङ, ताईपोई, क्वालालम्पुर, सिंगापुर D. ताईपोई, टोकियो, बेईजिङ,सिंगापुर, क्वालालम्पुर

    3. तलको कुन भनाई गलत छ ?
    A. कुमेरु दक्षिण ध्रुवीय महासागर हो ।
    B. तेलको महासागर भनेर हिन्द महासागरलाई चिनिन्छ ।
    C. दोस्रो गहिरो महासागर आन्ध्र महासागर हो ।
    D. सबैभन्दा अग्लो छाल हान्ने महासागर आन्ध्र महासागर हो ।

    4. चाङ्ला भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?
    A. डोल्पा B. हुम्ला C. जुम्ला D. संखुवासभा

    5. तलका भनाईहरु विचार गरि सहि उत्तर छनौट गर्नुहोस् ।
    क) नेपालको सबैभन्दा अग्लो झरना ह्यातुङ हो ।
    ख) नमस्ते झरना धनकुटा जिल्लामा पर्दछ ।
    ग) सुलिगढ झरना ३६१३ मिटर उचाईमा रहेको छ ।
    घ) रुप्से झरना म्याग्दी जिल्लामा पर्दछ ।
    A. क मात्र गलत B. ख मात्र गलत C. ग मात्र गलत D. घ मात्र गलत

    6. सप्तगण्डकी नदीको सहायक नदीमा तलका मध्ये कुन पर्दैन् ?
    A. मादी B. त्रिशुली C. लिखु D. दरौँदी

    7. नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक कहिले घोषणा गरियो ?
    A. वि.सं. २०६२ बैशाख ११ B. वि.सं. २०६३ माघ ११
    C. वि.सं. २०६५ जेठ १५ D. वि.सं. २०७२ अशोज ३

    8. निम्न भनाईहरु मध्ये कुन गलत छ ?
    A. नेपालमा पहिलो राष्ट्रिय याक दिवश २०८२ बैशाख ७ गते मनाईयो ।
    B. नेपालको पहिलो लागु औषधी मुक्त स्थानीय तह नाम्खा गाउँपालिका हो ।
    C. गोरखापत्रमा हाल ४५ भाषामा समाचार प्रकाशन हुन्छन् ।
    D. नेपाल र अष्ट्रेलिया वीच पारवाहन सम्झौता २०२५ Feb. 9 मा भएको हो ।

    9. “प्रज्ञा पारमिता” कुन धर्मसँग सम्बन्धित पुस्तक हो ?
    A. हिन्दु B. जैन C. ताओ D. बौद्ध

    10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a. चेपाङ 1. दोलखा
    b. गनगाई 2. धादिङ
    c. कुमाल 3. झापा
    d. व्यासी 4. दार्चुला
    A) a2,b3,c4,d1 B) a2,b1,c3,d4
    C) a3,b2,c4,d1 D) a2,b3,c1,d4

    11. सूर्यबाट दुरीको हिसाबले पृथ्वी र शनि ग्रहको वीचमा पर्ने ग्रहहरु कुन कुन हुन् ?
    A. शुक्र र बृहस्पति B. मंगल र बृहस्पति
    C. मंगल र शुक्र D. शुक्र र बरुण

    12.’The Universe of a Nutshell’ का लेखक को हुन् ?
    A. विलियम हकिन्स B. माईकल फराडे
    C. रोजर वेकन D. जोन फ्रिन्च

    13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    समूह I           समूह II
    a. आर्किमिडिज                   1. Spirals
    b. ग्यालिलियो ग्यालिली        2. The Starry Messenger
    c. सर आईज्याक न्युटन       3. Principia
    A) a2,b1,c4      B) a3,b2,c1        C) a1,b2,c3         D) a1,b3,c2

    14. रेफ्रिजेरेटर आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
    A. जेकव पर्किन्स                B. डब्लु एच फक्स
    C. विलियम लि. ब्यारोन       D. अब्राहम लुईस

    15. ओजोन तह कुन तत्वबाट बनेको हुन्छ ?
    A. अक्सिजन B. हाईड्रोजन
    C. नाईट्रोजन D. कार्बनडाईअक्साईड

    16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    १. UNEP Global 500 Award को स्थापना १९८७ मा भएको हो ।
    २. चिपको आन्दोलन मार्च २६ मा भारतबाट सुरुवात भएको आन्दोलन हो ।
    ३. WWFको मुख्यालव स्वीजरल्याण्डको गल्याण्डमा रहेको छ ।
    A. १ र २ मात्र ठीक B. २ र ३ मात्र ठीक
    C. सबै बेठीक D. माथिका सबै ठीक

    17. राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर धणात्मक भएका जिल्ला कति वटा रहेका छन् ?
    A. ३४ वटा B. ४० वटा C. ५५ वटा D. ४३ वटा

    18. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु कुन कुन हुन् ?
    A. चीन, रुस, अमेरिका, बेलायत र जर्मनी
    B. चीन, रुस, अमेरिका, बेलायत, फ्रान्स
    C. रुस, अमेरिका, बेलायत, फ्रान्स र जापान
    D. अमेरिका, जापान, जर्मनी, फ्रान्स र बेलायत

    19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    भूमिका जिम्मेवारी
    a. भ्रष्टचारको रोकथाम 1. World Meteorological Organization
    b. मानवअधिकारको संरक्षण 2. International Standards Organization
    c. गुणस्तर नियन्त्रण 3. Transparency International
    d. मौसम भविष्यवाणी 4. UNHCR
    A) a1,b2,c3,d4 B) a2,b3,c4,d1
    C) a3,b4,c2,d1 D) a4,b1,c2,d3

    20. द्धितीय विश्वयुद्धको समाप्तिको समयमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति को थिए ?
    A. थियोडोर रुजवेल्ट B. ह्यारी एस टुम्यान
    C. फ्रेंकलिन रुजवेल्ट D. विड्रो विल्सन

    उत्तरः

    1. A 11. B
    2. B 12. A
    3. C 13. C
    4. B 14. A
    5. A 15. A
    6. C 16. D
    7. C 17. D
    8. D 18. B
    9. D 19. C
    10. D 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100