बढ्यो सुनको भाउ, चाँदी कतिमा हुँदैछ कारोबार - Chaitanya News
  • 2026-07-19
  • 19:06:12
  • आइतबार,साउन ०३, २०८३
  • बढ्यो सुनको भाउ, चाँदी कतिमा हुँदैछ कारोबार

    बढ्यो सुनको भाउ, चाँदी कतिमा हुँदैछ कारोबार

    काठमाडौं– आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ।

    हिजो (बुधबार) प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ। हिजो(बुधबार) प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।