चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 248 of 1151
  • 2026-11-21
  • 10:36:40
  • शनिबार,मंसिर ०६, २०८३

About Author

संघीय संसद् र प्रदेश सभामा कार्यरत कर्मचारीका लागि एकीकृत सेवा गठनको पहल गरिने

काठमाडौँ– संघीय संसद् र प्रदेश सभामा कार्यरत कर्मचारीका लागि एकीकृत सेवा प्रणालीको व्यवस्था गर्न आवश्यक कानुनी पहल अगाडि बढाउने सहमति भएको छ। प्रदेश सभा तथा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त प्रयासमा यस्तो अवधारणालाई अघि बढाउने तयारी गरिएको हो। हालै सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर(व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले जारी गरेको आठ बुँदे सन्देश पत्रमा संघीय संसद् र प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन गर्न आवश्यक कानुन निर्माणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने विषय समावेश गरिएको छ। सन्देश पत्रमा संविधानको धारा २३१ को उपधारा (३) मा व्यवस्था गरिएको संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई आधार मानेर कर्मचारी व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। प्रदेश सभाहरूमा कर्मचारी व्यवस्थापनसम्बन्धी विद्यमान समस्याले सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियामा प्रत्यक्ष प्रभाव पारिरहेको सन्दर्भमा एकीकृत सेवा प्रणालीको आवश्यकता औँल्याइएको छ। सम्मेलनले व्यवस्थापिकाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यस्तो संरचनात्मक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ। यससँगै संघ, प्रदेश र स्थानीय तहबीचका विधायिकी अभ्यास तथा व्यवस्थापकीय अनुभव आदानप्रदानलाई संस्थागत बनाउन आवश्यकता अनुसार पदाधिकारी र कर्मचारीबीच अन्तरक्रिया, छलफल तथा समीक्षा कार्यक्रम सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। सम्मेलनले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहमा हुने कानुन निर्माण तथा व्यवस्थापकीय कार्यलाई सहकारिता, समन्वय र सहअस्तित्वका संवैधानिक सिद्धान्तका आधारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

News by संघीय संसद् र प्रदेश सभामा कार्यरत कर्मचारीका लागि एकीकृत सेवा गठनको पहल गरिने :