बागमतीका १३ जिल्लामध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य - Chaitanya News
  • 2026-06-07
  • 14:02:22
  • आइतबार,जेठ २४, २०८३
  • बागमतीका १३ जिल्लामध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    बागमतीका १३ जिल्लामध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।

    ९ वटै जिल्ला सभापतिहरू पुरुष रहेका छन्। काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या र मकवानपुर जिल्ला सभापतिमा सन्जिव पाठक निर्वाचित भएका छन्।

    बाँकी जिल्लाहरूमध्ये चितवन, रसुवा र ललितपुरमा आज हुँदैछ।

    सिन्धुपाल्चोकमा शनिवार सुरू भएको अधिवेशन ‘विविध कारण’ले स्थगित भएको रास्वपाले जनाएको छ। स्थगित गर्नु परेको ‘विविध कारण’बारे भने रास्वपाले खुलाएको छैन।

    कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षी वीचमा सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जानकारी गराएका छन्। तामाङका अनुसार सभापति पदका लागि पाँच जना आकांक्षी छन्।