1. कपासका लागि प्रसिद्ध जिल्ला कुन कुन हुन् ?
A. मुस्ताङ, जुम्ला, हुम्ला B. बाग्लुङ, ओखलढुंगा, तेह्रथुम
C. बाँके, बर्दिया, कैलाली D. बाँके, बर्दिया, दाङ
2. सौर्यमडलको सबै भन्दा तातो ग्रह कुन हो ?
A. बुध B. शुक्र C. वरुण D. पृथ्वी
3. महादेश र विशेषता बिच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. एशिया महादेश 1. संसारको चिडियाखाना
b. अफ्रिका महादेश 2. विषमताको महादेश
c. उत्तर अमेरिका 3. सर्पहरुको महादेश
d. दक्षिण अमेरिका 4. त्रिभुजकार आकार
A) a1,b2,c3,d4 B) a3,b1,c2,d4 C) a4,b2,c3,d1 D) a2,b1,c4,d3
4. कुन महासागर प्रशान्त महासागर र आन्ध्र महासागर बिचमा जोडिएको छ ?
A. कुमेरु महासागर B. हिन्द महासागर C. सुमेरु महासागर D. आन्ध्र महासागर
5. ‘नासो’ कथा संग्रहका लेखक को हुन् ?
A. भीमनिधि तिवारी B. गुरुप्रसाद मैनाली C. पुस्कर शमशेर जबरा D. बालकृण्ण सम
6. बसन्त नाँच र कटेहर नाँच क्रमशःकुन कुन जातिका बिचमा प्रचलित नाँच हुन् ?
A. नेवार र थकाली B. तामाङ र राई C. नेवार र थारु D. तामाङ र मगर
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. भारतलाई छुने प्रदेशहरु ६ वटा रहेका छन् ।
२. नेपालका भारत र चीन दुवैलाई नछुने जिल्ला ३७ वटा रहेका छन् ।
३. नेपालका २७ वटा जिल्लाले भारतलाई छोएका छन् ।
A. १ र २ मात्र सहि B. सबै सहि C. २ र ३ मात्र सहि D. सबै गलत
8. नदी र दोभान हुने स्थल बिच कुन जोडा गलत छ ?
A. त्रिशुली र बुढीगण्डकी – बेनीघाट B. कालीगण्डकी र मोदी – मोदि बेनी
C. मस्र्याङ्दी नदी र नारद खोला – मजुवा खैरेनी D. सेती र कर्णाली – बलात
9. फ्रान्सेली राज्यक्रान्तिको नारा के रहेको छ ?
A. समानता, स्वतन्त्रता, र भातृत्व B. मुत्यु देउ वा स्वतन्त्रता
C. समानता, स्वतन्त्रता र सुखको खोजी D. एक जार, एक चर्च र एक फ्रान्स
10. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुृहोस् ।
१. जैविक विविधता सूचना केन्द्र – टिकौली,चितवन
२. वन्यजन्तु सङग्रहालय – चितवन
३. चेपाङ संग्रहालय – हेँटौडा
A. १ मात्र सहि B. २ र ३ मात्र सहि C. सबै सहि D. १ र ३ मात्र सहि
11. रामसार महासन्धीले सन् २००८ मा सुचिकृत गरेको नेपालको सिमसार क्षेत्र कुन हो ?
A. कोशी टप्पु वन्यजन्तु आरक्ष B. जगदिशपुर ताल
C. माईपोखरी D. बीस हजारी ताल
12. राष्ट्रिय जनगणना २०७८ अनुसार अपाङ्ग भएका २.२ प्रतिशत व्यक्ति मध्ये पुरुष कति प्रतिशत रहेका छन् ?
A. ५४.२ प्रतिशत B. ५६.२ प्रतिशत C. ५५.४ प्रतिशत D. ५६.४ प्रतिशत
13. नेपालको संविधान अनुसार मुत्युदण्डको सजाय हुने गरी कानून बनाउन नपाउने व्यवस्था कुन धारामा छ ?
A. धारा १४ B. धारा १६ C. धारा १८ D. धारा १९
14. दुरदर्शक यन्त्र (Telescope) को आविष्कार कुन वैज्ञानिकले गरेका हुन् ?
A. सर आईज्याक न्युटन B. माईकल फराडे C. जोन डाल्टन D. ग्यालिलियो ग्यालिली
15. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. Radiology 1. भुकम्पको उत्पति, गति परिवर्तन अध्ययन गर्ने विज्ञान
b. Sericulture 2. अदृश्य प्रकाश किरणहरुको अध्ययन गर्ने विज्ञान
c. Seismology 3. चन्द्रमाको बारेमा अध्ययन गर्ने विज्ञान
d. Selenography 4. रेशम खेती अध्ययन गर्ने विज्ञान
A) a1,b2,c3,d4 B) a2,b4,c1,d3 C) a3,b1,c2,d4 D) a2,b1,c4,d3
16. जापानिज ईन्सेफलाईटिस विरुद्धको खोप नेपालमा कहिले दिन थालिएको हो ?
A. सन् २००० B. सन् २००२ C. सन् २००३ D. सन् २००४
17. सार्कको प्रतीक चिन्ह लोगो कसले बनाएका हुन् ?
A. शैलेन्द्र महर्जन B. अबुल अहसन C. ज्ञानेन्द्र महर्जन D. नयुम. यु. हसन
18.Eco Friendly Hydro भन्नाले कति सम्मको विद्युत उत्पादनलाई चिनिन्छ ?
A. १ मेघावाट B. ५ मेघावाट C. १० मेघावाट D. २०० मेघावाट
19. संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. लण्डन B. नैरोवी C. लाओस D. ललितपुर
20. नेपाल सरकारले लिएको विभिन्न लक्ष्यहरुको सम्बन्धमा जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. विकाशील राष्ट्रमा स्तरोन्नती हुने 1. सन् २०२५
b. भोकमरी अन्त्य गर्ने 2. सन् २०२६
c. जल विद्युतमा आत्मनिर्भर हुने 3. सन् २०२७
d. एच आई भि अन्त्य गर्ने 4. सन् २०३०
A) a1,b3,c4,d2 B) a4,b2,c1,d3 C) a4,b3,c1,d2 D) a2,b1,c3,d4
उत्तरः
1. D 11. C
2. B 12. A
3. D 13. B
4. A 14. D
5. B 15. B
6. C 16. D
7. B 17. A
8. C 18. A
9. A 19. B
10. A 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100