चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 943 of 1158
  • 2026-11-24
  • 23:32:04
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडी - बैतडीमा ड्युटी गर्दागर्दै ढलेका एक प्रहरीको ज्यान गएको छ । अस्थायी प्रहरी पोष्ट सलेना कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीकै समयमा मृत्यु भएको हो । ड्युटीमा खटिएको बेला चौधरी बुधबार बेलुका एक्कासी ढलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । त्यसपछि प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चौधरी कैलालीका बासिन्दा हुन् । उनको मृत्युको कारण खुलेको छैन ।