चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 810 of 1160
  • 2026-11-25
  • 16:38:01
  • बुधबार,मंसिर १०, २०८३

About Author

काठमाडौंकै तापक्रम पुग्यो ३५ दशमलव २ डिग्री सेल्सियस

काठमाडौं- काठमाडौंमा हिजो यसवर्षकै गर्मी भएको छ। हिजो काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो। जुन यस वर्षकै सबैभन्दा धेरै भएको मौसमविद् शान्ति कँडेलले बताइन्। तर यो, रेकर्ड ब्रेक भने होइन। सन् २०१२ मा काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। यसपालि गएको २५ गते ३२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। त्यसयता भने केही घटेको थियो। तर, हिजो यस वर्षकै सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको मौसमविद् कँडेलले बताइन्। आज भने काठमाडौंको मौसम आंशिक बदली हुने सम्भावना रहेको कँडेलले बताइन्। उनका अनुसार दिउँसो २/३ बजेतिर क्षणिक वर्षाको समेत अनुमान छ। आज हिजोभन्दा शीतल हुने मौसमविद्ले बताएका छन्। केही दिनयता देशभरका धेरै ठाउँमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ।

News by काठमाडौंकै तापक्रम पुग्यो ३५ दशमलव २ डिग्री सेल्सियस :