चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 633 of 1159
  • 2026-11-25
  • 09:35:16
  • बुधबार,मंसिर १०, २०८३

About Author

काठमाडौंबाट ४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा भूकम्पका घाइतेहरू तथा बिरामीको उपचारका लागि काठमाडौंबाट ४१ जनाको विशेषज्ञ चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्वास्थ्य मन्त्रालयले समन्वय गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीर अस्पतालका गरी ४१ जना विशेषज्ञ चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारको लागि गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ४१ जना स्वास्थ्यकर्मीहरूको टोलीमा नर्सिङ तथा प्यारामेडिक्सहरुसमेत रहेका छन्। उनले अर्थोपेडिकल तथा ट्रमासम्बन्धी सर्जन, एनेस्थेसिया, एमडिजीपी तथा मेडिकल अफिसरहरु मिलाएर पठाइएको बताए। सर्जनहरुले जिल्ला अस्पतालमा बेस बनाएर शल्यक्रिया गर्नेछन्। मेडिकल अफिसरहरुलाई स्थानीय क्षेत्रमा परिचालन गरी उपचार गरिने तयारी छ। त्यसमा नर्सिङ तथा प्यारामेडिक्सहरु पनि छन्। उनले आवश्यकताका आधारमा थप जनशक्ति पठाउने गरी यता तयारी भइरहेको पनि बताए। यसैबीच सरकारले नेपालगञ्जको भेरी अस्पताल, र सुर्खेत प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको छ। प्रवक्ता डा बुढाथोकीले यी अस्पताल बाहेक नेपालगञ्ज मेडिकल कलेज सहित अरु त्यस आसपासमा रहेका अन्य ठूला अस्पतालहरुलाई समेत तयारी अवस्थामा राखिएको बताए। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ भने ३५० भन्दा धेरै घाइते भएका छन्।

News by काठमाडौंबाट ४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा :