भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक - Chaitanya News
  • 2026-11-16
  • 10:21:40
  • सोमबार,मंसिर ०१, २०८३
  • भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक

    भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक

    काठमाडौं- भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचारको लागि आवश्यक निर्णय गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक जारी छ।

    प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसहितको बैठक सिहदरबारमा बसेको हो।

    बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे निर्णय लिने बताइएको छ।