चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 188 of 1151
  • 2026-11-21
  • 10:15:25
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मानव अधिकार आयोगले खोज्यो आर्थिक स्वायत्तता, र्वस्वीकृतीबिनै विदेशी सहयोग लिन पाउनुपर्ने माग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले अर्थ मन्त्रालयको पूर्वस्वीकृतीबिनै विदेशी सहयोग लिन पाउनुपर्ने माग राखेको छ। आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा अर्थको पुर्व स्वीकृति लिनुपर्ने प्रावधान हटाएर आयोगले लिएको विदेशी सहयोगबारे अर्थ मन्त्रालयलाई जानकारी दिए पुग्ने प्रावधान राख्नुपर्ने उसको प्रस्ताव छ। आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे छलफल छ भएको छ। सोही छलफलका क्रममा आयोग सदस्य मनोज दुवाडीले संविधानत मानव अधिकार आयोग स्वायत्त रहेको बताए । तर, व्यवहारमा आयोग आर्थिक रुपम स्वायत्त नरहेको बताए। ‘७ लाख युरो सहयोग लिन एक वर्ष लाग्यो। अर्थको स्वीकृति लिनुपर्ने प्रावधान छ’, उनले भने, ‘एनजीओ जस्तो व्यवहार आयोगलाई भएको छ। यसमा सुधार गर्ने गरि प्रचलित एन संसोधन गर्नुपर्ने छ।’

News by मानव अधिकार आयोगले खोज्यो आर्थिक स्वायत्तता, र्वस्वीकृतीबिनै विदेशी सहयोग लिन पाउनुपर्ने माग :