राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित - Chaitanya News
  • 2026-07-07
  • 19:14:24
  • मंगलबार,आषाढ २३, २०८३
  • राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

    राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

    काठमाडौँ– आगामी आर्थिक वर्ष २०८३–८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ।

    प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ लाई राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेसँगै बजेटले संघीय संसद्को पूर्ण स्वीकृति प्राप्त गरेको हो।

    राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। छलफलपछि विधेयक बहुमतका आधारमा पारित भएको हो।

    यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पनि पारित भइसकेको थियो। राष्ट्रिय सभाबाट समेत स्वीकृत भएपछि आगामी आर्थिक वर्षको बजेट सम्बन्धी संसदीय प्रक्रिया पूरा भएको छ।

    यसैबीच, अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८३ पनि प्रस्तुत गरेका छन्।