चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1025 of 1158
  • 2026-11-24
  • 15:24:20
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

माओवादी केन्द्रका महिन्द्र राय र रामकुमार राईले लिए शपथ

काठमाडौं -  बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् । शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन् । बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा छिन्। अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ।  

News by माओवादी केन्द्रका महिन्द्र राय र रामकुमार राईले लिए शपथ :