एकैदिन १२ सयले घट्यो सुनको मूल्य - Chaitanya News
  • 2026-04-30
  • 12:51:49
  • बिहिबार,बैशाख १७, २०८३
  • एकैदिन १२ सयले घट्यो सुनको मूल्य

    एकैदिन १२ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ- लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

    सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो ।

    आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।